तपाईँ सुन्दै हुनुहुन्छः

घोराही-८ का वडा अध्यक्ष शाहद्वारा पदबाट राजीनामा

दाङ। घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट राजीनामा दिनुभएको  छ ।

आज घोराहीमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उहाँले दिएको राजीनामा स्वीकृत गरेको हो।

२०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी भएका शाहले जनताको काम गर्न नसकेको भन्दै केही महिना अघि नै नगरप्रमुख नरुलाल चौधरीलाई राजीनामा बुझाउनुभएको थियो।

नगरप्रमुख चौधरीका अनुसार शाहको ठाउँमा वडा सदस्य चूडामणि चौधरीलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकिएको छ।

शाहले यसअघि नै विज्ञप्ति जारी गर्दै आफू नेकपा ९एमाले० मा नरहेको स्पष्ट पारेका थिए। पछिल्लो समय उनी विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button