तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गर्नुभएको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिनुभएको हो । भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सो जानकारी दिनुभयो ।

भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । 

भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रूपमा अहिलेसम्म घोषणा गरेका छैनन् । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझदारीबाट उक्त भ्रमणको कार्यपालिका सार्वजनिक गर्ने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button