तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष दाहालसँग विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका विदेश सचिवले अध्यक्ष निवास खुमलटारमा भेट गर्नुभएको हो ।  त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button