तपाईँ सुन्दै हुनुहुन्छः

सहिदको बलिदान अमूल्य सम्पत्ति : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

आज राउतको सहादत दिवसका अवसरमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सहिद राउतसहित सम्पूर्ण सहिदप्रति उच्च सम्मान प्रकट गर्नुभयो । 

मुख्यमन्त्री सिंहले सहिदहरूले देखाएको बाटो र आदर्शलाई अवलम्बन गर्दै मधेसका अधिकार, समानता र न्यायका पक्षमा निरन्तर अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गर्नुभयो । उहाँले मधेस आन्दोलनका क्रममा बलिदान दिने सहिदहरूको बलिदानलाई इतिहासकै अमूल्य सम्पत्ति भएको उल्लेख गर्नुभएको हो । 

मधेसवादी दलहरूको आन्दोलनका विसं २०७२ भदौ १ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीको गोली लागेर राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button