तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौँ ।परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुुभएको छ ।

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिस्रीले भ्रमणका दौरान नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उहाँ भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेशसचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button