हजरत सामुदायिक वनमा वृक्षारोपण, २०० बढी सहभागी
बाँके। बाँकेको नेपालगन्ज–२३ स्थित हजरत सामुदायिक वनमा क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा वृक्षारोपण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले वातावरण संरक्षणका लागि प्रत्येक बिरुवा जगेर्ना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले “हरियो वन नेपालको धन” नारालाई आत्मसात गर्दै रोपिएका बिरुवाको संरक्षणमा जोड दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले सामुदायिक वन र सार्वजनिक भूभागको संरक्षण, हरियाली र सौन्दर्य अभिवृद्धि गर्न सबैले सामूहिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकाल, बैंकका शाखा प्रमुख हर्मेस सोनी, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी, स्थानीय प्रतिनिधि र नागरिक समाजका अगुवासहित करिब २०० जनाको उपस्थिति थियो ।

वृक्षारोपण अन्तर्गत महुवा, बररो, अमला, शिरीष, लिची र अम्बासहित करिब दुई हजार बिरुवा रोपिएको आयोजकहरूले जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्