तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध सांफे-मार्तडी राजमार्ग सञ्चालनमा 

बाजुरा । शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण अवरुद्ध बनेको बाजुरा सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको थियो।

अविरल वर्षाले बाढी सँगै आएको पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएर राजमार्ग अवरुद्ध भएको र शनिबार बिहानै सडक डिभिजनको जेसिवि प्रयोग गरि राजमार्ग खुलाइको बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको थियो। सडक खुले सँगै यातायातका साधनहरू गन्तव्य तर्फ लागेका छन्।

लामो समय सम्म वर्षात भइरहे ठाउँ-ठाउँमा खस्ने पहिरोका कारण सांफे मार्तडी राजमार्ग बन्द हुने र खुल्ने दैनिकी जस्तै हुने गरेको छ।जिल्लाको पुर्वोत्तरी क्षेत्र जोड्ने मार्तडी कोल्टी सडक खण्ड भने २ महिना देखि खुल्न सकेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button