तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग समिति बैठक: निकासी पैठारी विधेयकमा प्रारम्भिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी विधेयकमा प्रारम्भिक छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपालमा उत्पादित बहुमूल्य सामानहरूको पुनः वर्गीकरण र सहज रुपमा निकासी गर्ने गरी कानूनी व्यवस्था गर्न विधेयकमा संशोधन आवश्यक भएको बताउनुभयो । 

निकासी पैठारीका लागि व्यापारिक कम्पनीहरूलाई इजाजतपत्र दिँदा सहज बनाउनुपर्ने भन्दै सांसदहरुले इजाजत पत्र लिन लाग्ने दस्तुरमा छुट गर्नुपर्ने, इजाजत पत्रमा मूल्य अनिवार्य उल्लेख गर्नुपर्ने र स्वदेश तथा विदेशमा आयोजना हुने व्यापारिक मेला वा प्रदर्शनीका लागि नेपाली बस्तु निकासी वा पैठारी गर्नु परेमा सहज अनुमति दिने गरी विधेयक अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका राजेन्द्र सिंहले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय खरिद कम्पनीलाई सहज हुने गरी  विधेयक अघि बढाउन सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button