तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल संवाददाता कँडेलसहित तिन  पत्रकार सम्मानित 

बागलुङ । जिल्लाको कुँडुले फेदीस्थित श्रीरङ्गवैकटेस मुक्तिनारायण मन्दिरका संस्थापक संरक्षक दिवंगत स्वामी श्रीधराचार्यको ८६औँ जन्मक्षेत्र अवसरमा रेडियो नेपाल संवाददाता कोपीला कँडेलसहित तीन पत्रकारलाई सम्मान गरिएको छ ।

स्वामी श्रीधराचार्यको जन्मोत्सव मनाउने कार्यक्रमअन्तर्गत अन्तिम दिन धार्मिक तथा पर्यटकिय क्षेत्रमा समाचारको माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रेडियो नेपाल संवाददाता कँडेलसहित पत्रकार राजेशचन्द्र राजभण्डारी र सुवास आचार्यलाई सम्मान गरिएको हो । 

राजभण्डारी एभीन्युज टिभी र आचार्य माउन्टेन टिभीमा कार्यरत हुनुहुन्छ । सो अवसरमा प्रचार प्रसारमा सहयोग पुर्‍याएको भन्दै केशव कार्कीलाई सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई श्री यतिराज आश्रम पाङ्ग सहस्रधाराका मठाधिश श्री १ हजार ८ स्वामी नारायणाचार्य र रंङ्गवैकटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष तथा शाल ग्राम संग्राहालयका परिकल्पनाकार संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले नगद र सम्मान पत्रसहित सम्मान गर्नुभएको हो  ।

कार्यक्रममा श्री यतिराज आश्रम पाङ्ग सहस्रधाराका मठाधिश श्री १ हजार ८ स्वामी नारायणाचार्य, बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेल र सम्मानित व्यक्तित्व राजेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button