तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत गरेको छ । 

सभाको बुधवारको बैठकमा सैद्धान्तिक छलफल भएको विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव आज सभाको सर्वसम्मति स्वीकृत गरेको हो । 

विधेयकमाथि संशोधन हाल्न चाहने सांसदहरूले सङ्घीय संसद् सचिवालय, प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भदौ ४ गतेको बैठकमा हुने जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न चाहने सांसदहरूले भदौ १ गते आइतबार दिउसो १ बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्ना प्रश्नहरू दिन सक्ने जानकारी गराउनुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते बुधवार दिउसो १ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button