तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सा शिक्षा आयोगको २१ औँ बैठक: सङ्ख्या वृद्धिसहित सिट निर्धारण

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न तहका सिट निर्धारण गरेको छ। 

यस वर्ष प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत पिसिएल तहमा पनि सङ्ख्या वृद्धि गर्दै सिट तोकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिसका आधारमा निर्णय गरिएको हो। 

गत असार ३२ गते सम्पन्न २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमहरूको सिट निर्धारण प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button