तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बिच्छ्यामा बाढी, दुई घर पूर्ण क्षति

बाजुरा। हिमाली गाउँपालिका–१ बिच्छ्यामा बुधबार साँझ करिब ७ बजे आएको बाढीले दुई घर पूर्ण रूपमा क्षति पु¥याएको छ।

बिच्छ्या खोलामा आएको बाढीले स्थानीय छन्चलाल थापा र सब्बले थापाको घर भत्काएको र बिच्छ्या माध्यमिक विद्यालयको पर्खाल भत्किनुका साथै झोलुंगे पुल जोखिममा परेको वडाध्यक्ष जोख्या भण्डारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार बस्तीका करिब दुई दर्जन घर जोखिममा छन्।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार पानीको बहाव बिहीबार बिहानसम्म घट्न नसकेकाले थप क्षतिको सम्भावना छ, र स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

भौगोलिक विकटताका कारण सम्पर्क विच्छेद भएको क्षेत्रको क्षति विवरण संकलन गर्न प्रहरी टोली पठाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button