तपाईँ सुन्दै हुनुहुन्छः

भलिबल भण्डारी र चन्दले माल्दिभ्समा हुने प्रतियोगिता खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य द्वय उषा भण्डारी र पुनम चन्दले माल्दिभ्समा हुने प्रतियोगिता खेल्ने भएका छन् ।

भाभु एटोल भलिबल प्रतियोगिताको लागि उनीहरू माले पुगिसकेका छन् । दुवैलाई फुलिधुले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । अगस्त १५ देखि २७ सम्म हुने यो प्रतियोगितामा पाँच टोलीको सहभागिता रहने छन् । प्रतियोगिताका लागि श्रीलंकन खेलाडी पनि विभिन्न क्लबमा अनुबन्ध भएका छन् ।

उषाले यसअघि पनि आर्मीको क्लब दिबेही सिफान्गीबाट माल्दिभ्समा खेलिसकेकी छन् । पुनम भने पहिलो पटक माल्दिभ्सको क्लबबाट खेल्दै छिन् । दुवै खेलाडी विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button