तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज-सखडा-गोविन्दपुर सडक निर्माणको माग गर्दै पैदलयात्रा

सप्तरी। राजविराज-सखडा- गोविन्दपुरसम्मकाे सडक निर्माणको माग गर्दै सोमबार पैदलयात्रा गरिएको छ ।

राजविराज-सखडा-गोविन्दपुरसम्मको सडक अविलम्ब निर्माण गरिनुपर्ने माग सहित पैदलयात्रा निकालिएको थियो ।

लामो समय सडक जर्जर अवस्थामा हुँदा समेत निर्माण कार्य कछुवा गतिमा भएकोले दबाब स्वरूप पैदलयात्रा गरिएको पूर्व सिचाई मन्त्री उमेश यादवले बताउनुभयो ।

नेकपा माओवादीका नेता एवम् पूर्व सिँचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा सडक निर्माणको दबाब सिर्जना गर्न पैदल यात्रा निकालिएको हो । पूर्व मन्त्री यादवको नेतृत्वमा सखडाबाट निकालिएको पैदलयात्रा विसनपुर चौक पुगेर समापन गरिएको थियो ।

उहाँले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button