तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको प्रसिद्ध झुला महोत्सव सम्पन्न 

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा धूमधामका साथ मनाइने झलनोत्सव पर्व शनिवार राति देखि सकिएको छ । शनिवार मध्य रातमा झुलाको डोरी काटेपछि यस पर्वको समापन गरिएको हो । 

साउन शुक्ल तृतीया देखि पूर्णिमासम्म चल्ने यो पर्व शनिवार राति झुलाको डोरी काटेपछि पर्वको समापन भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णले जानकारी दिनुभयो ।

जनकपुरधामको विभिन्न मठ मन्दिरमा सामूहिक रूपमा यो पर्व मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम सीता र कृष्ण राधाका प्रतिमालाई विशेष रूपमा तयार पारेको झुलामा राखेर रेशमको डोरीले तानेर झुलाउने चलन रहेको हो । 

झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै सन्त महन्थ तथा योगी एवं भक्तजनहरूले झुलाउने गरेको छ । यो पर्वमा आम सर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजन कीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाचगान गर्ने गरेका छन् । 

झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन झुला महोत्सवमा हुने गरेको छ । झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि जनकपुरधामको जानकी मन्दिर, विहार कुण्ड, अग्निकुण्ड सहितका मठ मन्दिर सहित महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठमा विशेष धूमधामका साथ मनाइन्छ ।

मिथिलामा यो पर्व राम जन्मभूमि अयोध्या र कृष्णको बालली स्थल मानिने वृन्दावनमा मनाइने चलन रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न गराउन विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले झुलाको सुरुआत गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button