तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस तीन दिनसम्म मनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले ‘प्रदेश स्थापन तथा सहिद दिवस २०८२’ आगामी भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरेको हो । 

मुख्यमन्त्री यामलाल कँडेल संयोजक रहने गरी प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोह समिति गठन गरिएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले जानकारी दिनुभयो । 

जन आन्दोलनकै जगमा २०७२ भदौ ४ गते साबिक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुम पश्चिमलाई समेटेर कर्णाली प्रदेश गठन गरिएको थियो । २०७२ सालको संविधानसभाबाट सङ्घीयताको खाका सार्वजनिक भएपछि कर्णाली प्रदेशको स्थापना भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button