तपाईँ सुन्दै हुनुहुन्छः

जनै पूर्णिमा: सभ्यता, संस्कृति र आस्थाको प्रतीक

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले जनै पूर्णिमाले आत्म शुद्धि, संयम, दान र आत्मबलको प्रतीकका साथै धर्म, संस्कार र कर्तव्य बोधको भावना जागृत गराउने बताउनुभएको छ । रक्षा बन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।

भण्डारीका अनुसार नौ प्रकारका अन्नबाट तयार गरिने क्वाँटी खाने परम्पराले मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षण, जैविक विविधता र स्वास्थ्यप्रति सचेतना बढाउँछ। यस्ता पर्वहरूले सामाजिक एकता, सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुहुँदै उहाँले सबैको सुख, शान्ति, स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button