लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा जनै पूर्णिमाको शुभकामना व्यक्त
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शनिवार एक शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री आचार्यले नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक विविधताले भरिएको समाज भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको भएको हो ।
उहाँले जनै पूर्णिमालाई धार्मिक संस्कारसँगै पारिवारिक सम्बन्ध बलियो बनाउने पर्वका रूपमा उल्लेख गर्दै परस्पर स्नेह, सम्मान र संरक्षणको भावना यस पर्वको मूल सन्देश रहेको बताउनुभयो । यसले पारिवारिक एकता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने उहाँको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानले प्रत्याभूत गरेको सांस्कृतिक विविधताको सम्मान गर्दै यस्ता मौलिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै, लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धनमार्फत समृद्ध प्रदेश निर्माणको सङ्कल्प लिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्