तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा गाडी दुर्घटना: सात जना घाइते

सुर्खेत । जुम्लाबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी आज बिहान कालिकोटको खाँडाचक्र नगरपालिका–१०, स्थित गोलुवामा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको र बाँकी ६ जनालाई मध्यम चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) ज्योतनारायण यादवका अनुसार कर्णाली प्रदेश ०२–००१–ख–०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर करिब १०० मिटर तल खसेको थियो । घाइतेहरूको अहिले कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button