तपाईँ सुन्दै हुनुहुन्छः

महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश 

काठमाडौँ । राष्ट्रिय सभामा महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन पेश भएको छ । 

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै सभापति दाहालले जलस्रोतको संरक्षण, उपयोगको बहु आयामिक विकास, जलउत्पन्नविपद् न्युनिकरणका लागि दिगो तथा एकीकृत व्यवस्थापन गरी प्राप्त लाभको न्यायोचित वितरण र अन्तर पुस्ता समन्यायका आधारमा सुनिश्चित गर्ने विषय समेटिएको बताउनुभयो ।

बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले सांसद डा. अन्जान शाक्यलाई विषयगत  समिति विकास आर्थिक मामिला तथा सुशासन समितिबाट विधायन व्यवस्थापन समितिका स्थान्तरण गर्न गर्नुभएको प्रस्तावलाई सभाले सहमति जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button