पाँच वर्षभित्र नागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने मार्ग चित्र निर्माण भइरहेको छ : गृहमन्त्री लेखक

भक्तपुर । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने बताउनुभएको छ ।
आज सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्यशालामा गृहमन्त्री लेखकले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने गरी सरकारले मार्गचित्र तयार गरिरहेको बताउनुभयो ।
उहाँले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसङ्ख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्क रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको उल्लेख गर्नुभयो ।
संयुक्त राज्य सङ्घले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको उल्लेख गर्दै गृहमन्त्री लेखकले पूर्वसुचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको बताउनुभयो ।

सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिने बताउँदै सरकारले त्यसको मार्गचित्र बनाउँदै गरेको उल्लेख गर्नुभयो ।
उहाँले अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सूचना पाउने सुनिश्चितता हुने बताउनुभयो ।
“जुन ठाउँमा हामीले पूर्व सूचना दिन सक्यौ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानवीय क्षति भएको छैन”, उहाँले भन्नुभयो– “जुन ठाउँमा पूर्व सूचना दिन सकेनौ तुलनात्मक रूपमा कम वर्षा हुँदा पनि मानवीय क्षति भएको छ ।”
उहाँले हालै रसुवामा आएको बाढी बारे पूर्व जानकारी नहुँदा जनधनको क्षति भएको बताउनुभयो । गृहमन्त्री लेखकले गत वर्ष कञ्चनपुरमा ७७ वर्ष यताकै सबैभन्दा ठुलो वर्षा हुँदा पनि पूर्व सूचना हुँदा मानवीय क्षति नभएको बताउनुभयो ।
“नेपालमा पनि एक तिहाइ जनसङ्ख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर रहेको उल्लेख गर्दै उहाँले पूर्वसुचना प्रणालीले मानवीय क्षति न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्