तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलको मिनी अक्सन शनिवार आयोजना हुने

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका रूपमा हुने अक्सन आगामी शनिवार आयोजना हुदैछ । यस पटकको अक्सनलाई मिनी अक्सनको नाम दिइएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले दिएको जानकारी अनुसार मिनी अक्सनमा सहभागी हुन ४ सय ५८ जनाले आफ्नो नाम दर्ता गराएका छन् । लिगमा सहभागी रहने आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक समितिले तयार गरेको मापदण्ड अनुसार रहने खेलाडीको अन्तिम सुची जारी भएको छैन ।

लिगमा सहभागीताका लागि दर्ता गराउनेको सङ्ख्या धेरै रहे पनि यस पटकको अक्सनमा केबल ३७ खेलाडी माथि मात्र बोली लाग्नेछ । 

पहिलो संस्करणको एनपिएल अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् । ५१ खेलाडी टोलीहरूसँगै रहँदा ३७ खेलाडीको स्थान रिक्त छ । यसै रिक्त स्थान परिपूर्ति गर्न शनिवार हुने अक्सनमा बोली लाग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button