तपाईँ सुन्दै हुनुहुन्छः

लगातार वर्षाले राप्ती राजमार्ग अवरुद्ध, एक दिनका लागि यातायात बन्द

सल्यान। निरन्तरको वर्षासँगै पहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध भएपछि यातायात व्यवसायीले  राप्ती राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाएकाे छ।

पहिरोले सडक जोखिमयुक्त भएको भन्दै सल्यान रुकुम यातायात प्रा.लि र त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लिले सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द गरेको हो । 

सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका लागि सञ्चालित दिवा तथा रात्रि कालिन बस, इभि, फोर्स सेवा मङ्गलवारका लागि पूर्ण रूपले बन्द गरिएको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि तुलसीपुर दाङले जनाएको छ । 

राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोलामा सडक  माथिबाट पहिरो झरी सडक अवरुद्ध हुँदा आज एक दिनका लागि सम्पूर्ण यातायातका साधन बन्द गरिएको सल्यान रुकुम यातायात प्रा.लि श्रीनगर सल्यानका अध्यक्ष अरविन्द कुमार राईले जानकारी दिनु भयो । प्रा.लिबाट सञ्चालित बागचौर, खलङ्गा, श्रीनगर हुँदै काठमाडौँका लागि रात्रि कालिन बस र दाङ, सल्यान, रुकुम, रोल्पा र नेपालगन्जका सम्पूर्ण सेवा बन्द गरिएको उहाँको भनाई छ । 

दुई दिन देखि निरन्तर वर्षा भइरहँदा राप्ती राजमार्ग अवरुद्ध हुँदै आइरहेको छ । कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झरिरहँदा सडक खुल्ने र बन्द हुने हुँदै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button