कुलिङ पिरियडमा भएको त्रुटि छानबिन विशेष समितिले बुझायो सभामुखलाई प्रतिवेदन
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा राखिएको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको कार्यक्रममा छानबिन विशेष समितिका सभापति जीवन परियारले सभामुख घिमिरेलाई प्रतिवेदन बुझाउनुभएको हो ।
त्रुटि छानबिन विशेष समितिले २९ दिनमा ३७ वटा बैठक बसेर सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार गरेको हो ।
समितिमा नेपाली काँग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्