बजेट कार्यान्वयनबारे अर्थ र स्वास्थ्य मन्त्रालयबिच छलफल
'स्वास्थ्य सेवाका लागि २१ सय जनशक्ति थप्ने प्रस्ताव'

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच छलफल भएको छ।
छलफलमा स्वास्थ्य मन्त्रालयले सङ्घीय अस्पतालहरूमा विशिष्ट सेवा विस्तार गर्न २१ सय जनशक्ति डाक्टर, नर्सलगायत थप गर्न प्रस्ताव गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा सेवा विस्तार तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि थप जनशक्ति आवश्यक रहेको बताउनुभयाे।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष जनशक्तिको आवश्यकता औँल्याउँदै जनशक्ति व्यवस्थापनबारे थप परामर्शपछि अगाडि बढ्ने बताउनुभयाे।
छलफलमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, बालबालिकालाई निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको डिपिआर तथा जलन उपचारसम्बन्धी विषयमा पनि विचार विमर्श गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्