दुर्घटनामा परेका ५ जनाको उद्धार, १ जनाको उपचार चितवनमा

गोरखा । चितवनको नारायणघाटबाट गोरखा जाँदै बस दुर्घटनामा परी फसेका ५ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकाहरू मध्ये १ जना महिलालाई उपचारको लागि चितवन लगिएको छ ।
अरू यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। नारायणगढबाट गोरखा सदरमुकामतर्फ जाँदै गरेको बस तनहुँको ऐना पहरामा दुर्घटनामा परेको हो ।
आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहरामा दिउसो ४ः२० बजेको समयमा ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हो । दुर्घटनामा परेको बसबाट हालसम्म ५ जनाको सकुशल उद्धार गरिएको छ ।
चितवन लगिएकी महिला शहीद लखन गाउँपालिका–६ की अन्दाजी वर्ष ४१ की सिनु थापा भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गोरखा नगरपालिका–९ का ५४ वर्षीय सनबहादुर गुरुङ समेत घाइते भएका छन् ।
उनको टाउकोमा चोट लागेको छ । उद्धार गरिएका मध्ये ४ जनाको आँबुखैरेनी स्थित अस्पतालमा उपचार जारी रहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्