तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल रग्बी संघबाट एसिया रग्बी इमिरेट्सका लागि टोलीको घोषणा

काठमाडौँ । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप का लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ ।

भारतमा साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ आयोजना हुँदै छ ।

च्याम्पियनसिप का लागि रग्बी सङ्घले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । पछिल्लो संस्करण यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो ।

यस च्याम्पियनसिप मा एसियाका विभिन्न ११ राष्ट्रबाट ८ महिला र ८ पुरुष यु–२० टोलीले प्रतिस्पर्धा गर्दै छन् । भारतको बिहारस्थित राजगीर स्पोर्टस कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुने रग्बी सङ्घले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button