भरतपुर राष्ट्रिय युवा सङ्घ कपको सेमिफाइनलमा
चितवन । भरतपुरमा जारी राष्ट्रिय युवा सङ्घ नेपाल कप फुटबलमा भरतपुर महानगर कमिटी विजयी भएको छ । शनिवार भएको खेलमा भरतपुर महानगर कमिटीले इच्छाकामना गाउँ कमिटीलाई हराएको हो ।

कृष्णपुरको मैदानमा भएको खेलमा भरतपुर १–० ले विजयी भयो । भरतपुरको जितमा बेताप लामाले एक मात्र गोल गर्नुभयो । उहाँले खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै भरतपुर सेमिफाइनलमा प्रवेश गरेको छ । भरतपुरका रोजल दाहाल प्लेयर अफ दि म्याच हुनुभयो ।
प्रतियोगितामा भोलि (आइतबार) राष्ट्रिय युवा सङ्घ राप्ती नगर कमिटी र रत्ननगर नगर कमिटी भिड्नेछन् । खेल दिउँसो बजे हुनेछ । राष्ट्रिय युवा युवा सङ्घ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ ।
८ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोमजनले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्