तपाईँ सुन्दै हुनुहुन्छः

सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिज: आमा र धर्ती’ सार्वजनिक 

काठमाडौँ । सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिज: आमा र धर्ती’ आज काठमाडौँमा एक समारोहका बीच सार्वजनिकीकरण गरिएको छ ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई कृतिमा अभिव्यक्त गर्नुभएको छ ।

कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाहरूको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताउनुभयो ।

कृतिको समीक्षा गर्दै समालोचक डा. विन्दु शर्माले अपाङ्गता भएको छोरीको हेरचाहमा रमाउँदा सरस्वती ज्ञवालीले अनुभूत गरेको अनुभूतिजन्य लेखनले आम पाठकलाई समेत भावुक बनाएको बताउनुभयो ।

समारोहमा लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरी हेरचाह गरेर भात भान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताउनुभयो ।

नेकपा एमालेका उपमहासचिव एवम् पूर्व मन्त्री प्रदीप ज्ञवाली पत्नी लेखक ज्ञवालीका यसअघि कविता र संस्मरणका दुई कृति प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button