तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय युवा सङ्घ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरुवात

चितवन । भरतपुरमा राष्ट्रिय युवा सङ्घ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा सङ्घ भरतपुर महानगर कमिटीको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा सङ्घ कालिका नगर कमिटीले जित हात पारेको छ ।

भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २–१ ले हराएको हो । कालिकाको जितमा विजय श्रेष्ठ र भीम गुरुङले गोल गर्नुभयो । चितवन जिल्ला कमिटीका लागि वसन्त कुमालले एक गोल गर्नुभयो ।

यो जितसँगै कालिका नगर कमिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शनिवार राष्ट्रिय युवा सङ्घ भरतपुर महानगर कमिटी र ईच्छाकामना गाउँ कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

२३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button