तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा रङ्गशालामा आमाहरूको दौड प्रतियोगिता सम्पन्न

कास्की । पोखरेली महिलाहरू शनिवार फरक भूमिकामा देखिए । उनीहरू पोखरा रङ्गशालाको ट्र्याकमा दौडिरहेका थिए । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न मासिक दौड कार्यक्रममा पोखरा महानगरका विभिन्न आमा समूहहरू सहभागी भएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक समेत रहेको मञ्चले रजत महोत्सव अवसरमा पहिलो पटक आमाहरूलाई रङ्गशालासम्म उतारेको हो । महिलाहरूका लागि ३ किलोमिटर दौडमा पाँच सयभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रमको उद्घाटनका गर्दै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस्तो प्रयास प्रशंसनीय रहेको बताउनुभयो। “महिलालाई खेल मैदानमा ल्याउनु आफैमा साहसी र सकारात्मक कदम हो । उनीहरूको सक्रियता समाज रूपान्तरणको आधार बन्न सक्छ,” उहाँले भन्नु भयो ।

पहिलो पटक आयोजना भएको आमा समूह दौडमा हरिकुमारी श्रेष्ठ पहिलो हुँदा विष्णुकुमारी ठकुरी दोस्रो भइन् । त्यस्तै रिया गुरुङ तेस्रो हुँदा सूर्यकाला थापा चौथो र राधिका थापाले पाँचौँ स्थान प्राप्त  गरे ।

नियमित हुँदै आएको मासिक दौड अन्तर्गत ५ किमी छात्रतर्फ छोरेपाटन माविका आयुष सुनार १७.३१ मिनेटमा दौड पुरा गरी पहिलो हुँदा बराह माविका शुस्मन ढुङ्गानाले १७.४१ मिनेटको समय लिँदै दोस्रो तथा माछापुच्छ्रे माविका राजीव बास्तोलाले १८.३३ मिनेटको समय खर्चिँदै तेस्रो स्थान प्राप्त गरे । दौडमा माछापुच्छ्रे माविका प्रवेश परियार चौथो र हिमालय कलेजका दीपेन्द्र नेपालीले पाँचौँ स्थान प्राप्त गरे ।

त्यस्तै छात्रातर्फ एन्जिला जिटी पहिलो मेघराज माविकी उनले आफ्नो दौड २१.०२ मिनेटमा पुरा गरिन् भने दोस्रो भएकी गौरीशङ्कर माविकी कविता मगरले २१।३८ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । त्यस्तै महेन्द्र माविकी सोनिया नेपालीले २१.५२ मिनेटको समयमा तेस्रो स्थान प्राप्त गरिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button