तपाईँ सुन्दै हुनुहुन्छः

अग्रज र शहीदहरूका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ ः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र शहीदहरूका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा २८ औँ तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले तुलसीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताउनुभयो । उहाँले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरूको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button