पर्यटन र कृषिलाई लक्षित गरी गण्डकी प्रदेशमा लगानी सम्मेलन गर्छौंः मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा पर्यटन र कृषिलाई लक्षित गरेर लगानी सम्मेलन गर्ने बताउनुभएको छ ।
शनिवार पोखराको वरपीपल रिपोर्टमा आयोजित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ गण्डकी प्रदेश समिति गठन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा पर्यटन र कृषिको सम्भावना भएको हुँदा यही वर्ष लगानी सम्मेलन गर्ने बताउनुभएको हो।

गाउँ घरमा हाल बनेको स्थानीय मदिरालाई यही बर्खे अधिवेशनबाट कानुनी मान्यता दिने उहाँले बताउनुभयो । यसको दुरुपयोग भए ब्याकफायर समेत हुन सक्ने भएकोले हाल छलफलमा रहेको उहाँले बताउनु भयो । गाँजा खेतीलाई कानुनी मान्यता दिने बताउँदै मुख्यमन्त्री पाण्डेले राईड शेरिङलाई समेत यही महिना पछि कार्यान्वयनमा ल्याउने बताउनु भयो । उक्त राइट सेयरिङ एपमा उद्योगी व्यवसायीहरूलाई लगानी गर्न समेत मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभयो।
म केही गर्न सक्छु भनेर आत्मविश्वास हुनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनु भयो । विदेशको ज्ञान,सीप, पुँजी स्वदेशमा लगानी गर्न उहाँले सुझाव दिनुभयो । विदेशमा बसेर स्वदेशमा रहेकालाई भ्रष्टेशन नगराउन सुझाव दिनुभयो । मिस इन्फरमेसनले निराशाजनक अवस्थाको मुलुकमा केही भएको तर केही नभएको भनेर नकारात्मक भाष्य खडा गरिएको भन्दै मुख्यमन्त्री पान्डेले असन्तुष्टि व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडबाट हाल १० अर्ब लगानी भएको बताउँदै आवश्यक पर्ने स्थानमा व्यवसाय प्रवर्धनको लागि लगानी गर्न तयार रहेको बताउनुभयो ।

देशका सातै प्रदेशमा आगन्तुक पर्यटनलाई घुमघाम गर्ने वातावरण मिलाउन सके नेपालमा आउने पर्यटकको बसाई अवधि २० दिन पुर्याउन सकिने दाबी गर्नुभयो। सातै प्रदेशमा पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र प्रवर्द्धन गर्नुपर्ने उहाँको जोड थियो।
देशमा केही पनि हुन नसकेको भन्ने भाष्यलाई विदेश यात्रामा जाँदा समेत वकालत गर्दै आएको अध्यक्ष ढकालले बताउनुभयो । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले ६ हजार ४ सय ६० वटा वैदेशिक लगानीमा व्यवसाय सञ्चालन भएको उल्लेख गर्दै ६ अरब लगानी भएको उहाँले बताउनुभयो । नेपालमा धेरै सम्भावना भएको उहाँले दाबी गर्दै आवश्यक कानुनको लागि सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रमले नेपालमा भएको सम्भावनाको उजागर गर्दै लगानी भित्र्याउनको लागि थप उत्साह मिलेको कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्