तपाईँ सुन्दै हुनुहुन्छः

पलेशालाई कास्य पदक

काठमाडौँ । पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् ।

मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कास्य पदक प्राप्त गरेकी प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

मलेसियामा जुलाई २४ देखि अगष्त १ तारिखसम्म भएको सो प्रतियोगितामा नेपालबाट पुरुष ५८ किलोमुनिको तौल समूहमा भरतसिंह महता र ६३ किलोमुनिको तौल समूहमा अमिर भ्लोन तथा महिला ४७ किलोमुनिको तौल समूहमा कामना प्रसाईँ र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए । उक्त टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button