तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरवका आयोजनाहरू छिटो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू जतिसक्दो छिटो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति समीक्षा गर्न आज बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले  विकासको नतिजा देखाउने राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणमा ढिलासुस्ती हुँदा नागरिकले विकासको अनुभूत गर्न नपाएको बताउनुभयो । 

सांसदहरूले सर्वसाधारणलाई सिँचाइको सुविधा हुने गरी निर्माण गर्न लागिएको सिक्टा सिँचाइ आयोजना, रानी जमरा गुलरिया सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना लगायतका विभिन्न सिँचाइ आयोजना निर्माणमा तीव्रता दिनुपर्ने बताउनुभयो । 

त्यसैगरी बुढी गण्डकी जलविद्युत आयोजना समयमै निर्माण सम्पन्न गर्न पनि सरकारको ध्यान जानुपर्ने सांसदहरूको विचार थियो । 

बैठकमा जलस्रोत सचिव सरिता दवाडीले मन्त्रालय अन्तरगत रहेका विभिन्न सात वटा राष्ट्रिय गौरवको आयोजनामा धमाधम काम भइरहेको जानकारी गराउनुभयो । 

सचिव दवाडीले सिंक्टा सिँचाइ आयोजनाको ४४ प्रतिशत काम सम्पन्न भइसकेको र करिब २२ हजार सर्वसाधारणमा सिँचाइको सुविधा पुर्‍याइएको भए पनि कतिपय स्थानमा जग्गा प्राप्ति र स्रोत सुनिश्चितता नहुँदा निर्माणमा ढिलाइ भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button