कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणमय महत्त्व रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुहुँदै कोदोको उत्पादन बढाउन र परिकारहरू उपभोग गर्न सबैसँग आग्रह गर्नुभएको हो । “कोदोको उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ! कोदो दिवसको शुभकामना!” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
“ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ । सिँचाइबिना नै उत्पादन हुनसक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत स्पष्ट गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्