काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजय
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ । बुधवार सम्पन्न भएको मतदानमा प्रदेश सभापतिसमेत रहनु भएका बानियाँ २२ मत प्राप्त गर्दै दलको नयाँ नेता निर्वाचित हुनुभएको हो ।

तत्कालीन संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले १४ मत प्राप्त गर्नुभएको छ, भने १ मत बदर भएको थियो । प्रदेशका कुल ३७ जना काँग्रेस सांसदहरूले मतदानमा भाग लिनु भएको थियो ।
यसअघि पनि लामा र बानियाँबिच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको थियो । त्यसबेला लामा २१ मत ल्याएर विजयी हुनुभएको थियो, भने बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । संसदीय दलको नेतृत्व परिवर्तनले बागमती प्रदेशको राजनीतिक परिदृश्यमा समेत नयाँ मोड ल्याउने अनुमान गरिएको छ ।
यसअघि संसदीय दलमा लामाविरुद्ध असन्तुष्टि बढ्दै गएपछि गत शुक्रवार अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । मत विभाजनमा लामाको विपक्षमा २२ मत परेको थियो भने पक्षमा १५ मत मात्रै परेको थियो । उक्त प्रस्ताव बहुमतले पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्