विषालु च्याउ खाँदा डडेल्धुरामा एकको मृत्यु
डडेल्धुरा । विषालु च्याउ खाँदा डडेल्धुरामा एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको आलिताल गाउँपालिका –१ का ७० वर्षीय देव वोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बोहराले साउन ७ गते साँझ आफनै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए , प्रहरी निरीक्षक धनी चन्दका अनुसार च्याउ खाएपछि स्वास्थ्यमा समस्या आएकोले उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेकोमा मङ्गलवार साँझ बोहराको मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार उहाँले खाएको च्याउ विषालु प्रजातिको भएको आशङ्का गरिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएकोमा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्