तपाईँ सुन्दै हुनुहुन्छः

नागपञ्चीमा प्रधानमन्त्री ओलीको शुभकामना: प्रकृति र सहअस्तित्वको सम्मान गरौँ

काठमाडौँ । नागपञ्चमीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै नागपञ्ची पर्वले मानिस र अन्य जीवबीचको सहअस्तित्व र प्रकृतिप्रतिको सम्मानको सन्देश दिने उल्लेख गर्नुभएको छ।

फेसबुकमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “आज नागपञ्चमी: पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन। यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ।”

उहाँले जलवायु परिवर्तनको असर आजको चुनौती भएको उल्लेख गर्दै प्राचीन सभ्यताले प्रकृति संरक्षणको सन्देश दिन पहिले नै नागपञ्चीजस्ता पर्व अंगालेको बताउनुभएको छ।

नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसी दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन रहेको स्मरण गर्दै उहाँले “हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्, यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ,” भन्नुभएको छ।

प्रधानमन्त्री ओलीले सबै नेपालीमा नागपञ्चमीको शुभकामना दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button