टेबल टेनिस दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधवार र बिहीबार हुने
काठमाडौँ । अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा विश्वकप टेबल टेनिस दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधवार र बिहीबार हुने भएको छ ।
एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रम अनुसार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहनेछ ।
प्रतियोगितामा भारतबाट १० तथा नेपाल, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सबाट समान आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुष टिम गरी दुई विधा समावेश गरिएको छ । प्रतियोगिताको विजेताले विश्व टिम टेबल टेनिस च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउन पाउने छ ।
प्रतिक्रिया राख्नुहोस्