मनाङ मर्स्याङ्दीद्वारा हिमालयन शेर्पा क्लब ४–२ गोल अन्तरले पराजित
काठमाडौँ । मनाङ मर्स्याङ्दीले एन्फा यु–१६ यूथ लिगमा हिमालयन शेर्पा क्लबमाथि ४–२ को जित हासिल गरेको छ ।
शुक्रवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा मनाङको जितमा प्रकाश सिंहले दुई गोल गर्दा तथा रोहन थापामगर र सन्देश तामाङको नाममा एक गोल रह्यो । शेर्पाका लागि जेनील सुब्बा र सङ्गे शेर्पाले गोल गरे ।
जितसँगै आठ खेलमा १७ अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा उक्लियो । समान खेलमा शेर्पा १० अङ्क जोड्दै आठौँ स्थानमा छ ।
अर्को खेलमा खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातदोबाटो युवा क्लबमाथि ३–१ को पुनरागमन जित हासिल गर्यो । आर्मीलाई जित दिलाउन नीरज अधिकारी, युजल भण्डारी र सोहित वाइबाले गोल गरे । सातदोबाटोका लागि मुक्सन राईले गोल गरे । जितसँगै आठ खेलमा ६ अङ्क जोडेको आर्मी ११औँ स्थानमा उक्लिएको छ । आठ वटै खेलमा पराजित सातदोबाटो अङ्कविहीन छ ।
प्रतिक्रिया राख्नुहोस्