२४ वर्षपछि सेनाले खोल्यो सार्वजनिक सडक

सोलुखुम्बु । नेपाली सेनाले २४ वर्षअघि बन्द गरेको सोलुखुम्बुको सडक पुनः सञ्चालनमा ल्याएको छ।
सल्लेरीको तीनकुनेदेखि च्याल्सा जोड्ने सडकको १०७ मिटर खण्ड सार्वजनिक आवागमनका लागि खुलेको हो।
यो खण्ड नेपाली सेनाको ब्यारेक क्षेत्रमा पर्छ। द्वन्द्वकालमा सेनाले सुरक्षा प्रयोजनका लागि पैदल मार्ग अधिग्रहण गरेपछि सडक बन्द गरिएको थियो।
सडक सोलुदूधकुण्ड नगरपालिकाको पहल, स्थानीय माग र रक्षा मन्त्री मानवीर राईको समन्वयमा पुनः सञ्चालनमा ल्याइएको हो। एक करोड रुपैयाँ बजेटमा सेनाले ट्र्याक खोली सडक ढलान गरेको छ।

सडक उद्घाटन रक्षा मन्त्री राईले गर्नुभएको हो। उहाँले सेनाले तोकिएको बजेटमा अपेक्षाभन्दा बढी काम गरेको भन्दै प्रशंसा गर्नुभयो।
कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, सेनापति अशोकराज सिग्देल, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, नगर उपप्रमुख गान्धीमाया तामाङ, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो।







प्रतिक्रिया राख्नुहोस्