तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा जिप दुर्घटना: घाइतेको हेलिकप्टर मार्फत उद्धार गरिँदै

बाजुरा । बाजुराको हिमाली गाउँपालिका-५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जिप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

जिप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका-५ की ३५ बर्सिया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो । हिमाली गाउँपालिकाको क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी आउने क्रममा  जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको थियो । 

जिप दुर्घटनामा परी घटना स्थलमै मृत्यु हुनेमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीय बाँचकला रोकाया रहेकी प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते रहेका १६ जना मध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ ,भने तीन जनाको अवस्था सामान्य रहेको र उनीहरूको उद्धारका लागि एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ । 

घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत बाट हिँडिसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button