सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
राजविराज (सप्तरी)। यहाँको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्