तपाईँ सुन्दै हुनुहुन्छः

विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली अजरबैजान जाने

काठमाडौँ । विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १३ सदस्यीय नेपाली टोली अजरबैजानको बाकु जाने भएको छ ।

यही साउन ८ देखि १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पाँच पुरुष र दुई महिला गरी सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले खेल्ने छन् ।

प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, ‘अफिसियल’मा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । 

नेपाली टोली भोलि अजरबैजान प्रस्थान गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button