नवजात शिशु हत्या आरोपमा बुबा पक्राउ
कास्की।पोखराको चाउथेमा गत असोज १३ गते साँझ जेब्रा झोलाभित्र मृत भेटिएका नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले बुबा गोविन्द लामिछानेलाई पक्राउ गरेको छ।
लामिछाने नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भएका र हाल पोखरा–९ नागढुंगा बस्ने ३७ वर्षीय व्यक्ति हुन्।
पुनः सन्तान लाभको लागि श्रीमतीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) ल्याउँदा उनलाई प्रहरीले पक्राउ गरेको छ। साउन ४ गते श्रीमतीको उपचारका लागि अस्पताल ल्याउँदा नवजात शिशु हत्या गरेको लामिछाने नै रहेको पहिचान भएको थियो।
अधिकारिक अनुसन्धानमा लामिछाने शिशुको हत्या गरेको देखिए पनि उनी फरार थिए। अस्पताल आएका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ।
असोज महिनामा चाउथेमा पृथ्वी राजमार्ग छेउमा फलाटिन कपडा र रातो–गुलाबी ब्लाङ्केटले बेरिएको अवस्थामा मृत शिशु फेला परेको थियो।
प्रतिक्रिया राख्नुहोस्