एमाले केन्द्रीय कमिटी बैठक जारी
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
हिजोदेखि जारी बैठकमा पार्टीका उपाध्यक्ष एवम् विधान मस्यौदा समितिका संयोजक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि आज पनि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिजो ४९ जना केन्द्रीय सदस्यले धारणा राखेको र आज बाँकी केन्द्री सदस्यले धारणा राख्नेछन् ।
बैठकमा उठेका विषयलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि विधान मस्यौदालाई केन्द्रीय कमिटीको बैठकले पारित गर्दै बैठक समापन गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्