तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ मार्ग ‘ब्रेक थ्रु’ 

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा पर्ने काबेली नदीमा निर्माणाधीन माथिल्लो काबेली २८ दशमलव १ मेगावाट क्षमताको  जलविद्युत आयोजनाको इन्टेक देखि अडिटसम्मको सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएको छ ।

१७ सय ७२ मिटर लामो सुरुङ मार्गको आइतबार(हिजो) ‘ब्रेक थ्रु’ भएको हो । इन्टेक देखि हप्पुखोलासम्म आइपुग्ने १ हजार ७ सय ७२ मिटर लामो सुरुङ मार्ग निर्धारण गरेको समयमा नै सम्पन्न हुन सक्ने अपेक्षा  राखिएको जलविद्युत आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।  

आयोजनाको हेड वर्क सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा र विद्युत् गृह सिनाममा हुने छ । विद्युत् आयोजनाका लागि खोयाहाङ देखि सिनाम सम्म गरी ५ किलोमिटर दुरीको सुरुङ मार्ग हुने भएको छ । पिस इनर्जी कम्पनी प्रालि आयोजनाको मुख्य प्रवर्द्धक रहेको छ । इन्टेक देखि अडिटसम्मको सुरुङ मार्गमा ब्रेक थु भएपछि जलविद्युत आयोजनाका निर्देशक श्याम मैनाली र मुख्य प्रवर्द्धक डाक्टर मदन उप्रेती सहितको उपस्थिति रहेको थियो ।

  

प्रतिक्रिया राख्नुहोस्

Back to top button