एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको छ ।
ललितपुरको च्यासलल्स्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा उहाँहरुबीचकाे छलफल अहिले जारी छ ।
पूर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण गर्नुभएसँगै पार्टी नेतृत्वमा आउने बताएपछि एमालेमा त्यसले तरङ्ग सिर्जना गरेको छ ।

हिजो शनिवार सम्पन्न पोलिटब्युरो बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच छलफल गरी सहमतिमा पुग्न आग्रह गरेपछि उहाँहरुबीच आज छलफल भइरहेको हो ।
भोलि साउन ५ गते बस्ने एमाले केन्द्रीय कमिटीको बैठकअघि नै दुवै नेताबीचको विवाद मिलाउन यो छलफल भएको हो ।
प्रतिक्रिया राख्नुहोस्