तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । 

समितिको आजको बैठकमा सांसदहरु देवेन्द्र पौडेल,  विद्या भट्टराई,  रेखा शर्मा, डा. चन्द्र भण्डारी, सुमना श्रेष्ठलगायतले मिडिया काउन्सिललाई आमसञ्चार परिषद् बनाउनुपर्ने,  नागरिकको सुसूचित हुने अधिकारका लागि  सही सूचना सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । 

केही सञ्चारमाध्यमहरूले  चरित्र हत्या गर्ने र फेक समाचार प्रसारण तथा प्रकाशन गर्ने पछि माफी माग्ने प्रवृत्ति बढेको भन्दै सांसदहरुले चरित्र हत्याको क्षतिपुर्तीसहित कडा कारवाहीको  प्रावधानसहित विधेयक संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँहरूले एआइमार्फत् सूचना तथा समाचार सम्प्रेषण गर्ने अवस्था आइसकेकाले विधेयकले त्यसलाई समेत विधेयकले सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार माध्यमलाई स्वनियमन गर्ने स्वतन्त्र र स्वायत्त निकायका रुपमा मिडिया काउन्सिल गठन गर्ने उद्देश्यले उक्त विधेयक ल्याएको भए पनि पूर्ण रुपमा सरकारबाट अलग नहुने स्पष्ट पार्नुभयो । 

मन्त्री गुरुङले आम सञ्चारका माध्यममा पछिल्लो समय देखिएको अराजकता र अस्तव्यस्ततालाई मिडिया काउन्सिलले व्यवस्थित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button